
सुदूरपश्चिम प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश बिक नेकपा एकीकृत समाजवादीको दलित सचिवमा निर्वाचित भएका छन् ।


बिक १८० मतसहित विजयी हुँदा नीरादेवी जैरु पराजित भएकी हुन् । उनले ९८ मत पाएकी थिइन् । उनी डडेल्धुराकी हुन् । अर्का उम्मेदवार कृष्णबहादुर नेपालीले २६ मत पाएका थिए । अघिल्लो सरकारले गणेश विकलाई नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो ।
कांग्रेस नेतृत्वको सरकारमा उनले राजीनामा दिएका थिए । तर, राजीनामा स्वीकृत भने भएको छैन् । राजनीतिसँगै सामाजिक न्याय तथा मानव अधिकारको क्षेत्रमा कार्यरत करिब साढे दुई दशकदेखि क्रियाशील रहेका उनी यसअघिको पोलिटब्युरो सदस्य रहेका थिए ।




