
धनगढी : कैलाली जिल्लाको धनगढीबाट लागूऔषध (खैरो हेरोईन)सहित जिल्लाको गोदावरी नगरपालिकाका ५ जना युवक पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट १ ग्राम ३२० मिलिग्राम खैरो हेरोईनसहित गोदावरी नगरपालिका–२ बस्ने १७ वर्षीय किशोरसहित ३ जनालाई आईतवार दिउँसो प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको जनाएको छ ।
यस्तै धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाटै ४० मिलिग्राम खैरो हेरोईनसहित गोदावरी नगरपालिका–१ बस्ने २७ वर्षीय उमेश भट्ट र २९ वर्षीय गंगाराम खत्रीलाई पनि आईतवार दिउँसो नै पक्राउ गरिएको थियो ।
ईलाका प्रहरी कार्यालय त्रिनगरबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको हो। यी दुबै जनाले प्रयोग गरेको स्कुटी थान–१ र उक्त पदार्थसहित दुबैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
