प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार गौरी शंकर चौधरीसहित ७ उम्मेदवारको जमानत जफत भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ (१) बमोजिम ति उम्मेदवारहरुको धरौटी जफात भएको हो । उक्त ऐनमा ‘पहिलोे निर्वाचित हुने निर्वाचन प्रणाली अन्तरगतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफात हुने व्यवस्था छ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा कुल ५९ हजार ७ सय ५९ मतमा ५६ हजार ४ सय ४३ मत सदर हुँदा धरौटी जोगाउन ५ हजार ६ सय ४५ मत प्राप्त गर्नुपर्ने थियो । चौधरीले भने ४ हजार ७ सय ५२ मत मात्रै पाए ।
यस निर्वाचन क्षेत्रमा रास्वपाका जगत प्रसाद जोशी विजयी हुँदा नेकपाका विरमान चौधरी कांग्रेसका भिम बडूवाल र नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरीले मात्रै जमानत जोगाएका छन् ।



