शुक्रबार बिहान आएको हावाहुरीका कारण राष्ट्रिय कलेजका पूर्व क्याम्पस प्रमुख कर्णबहादुर भण्डारी घाइते भएका छन्।
शुक्रबार बिहान करिब ९ बजेको समयमा आएको हावाहुरीका कारण घर नजिकै रहेको सालको रुख भाचिएर लाग्दा भण्डारी घाइते भएका हुन्।
भण्डारीको टाउकोमा गहिरो चोट लागेको र अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ। घोडाघोडी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भण्डारीलाई धनगढी स्थित माया मेट्रो अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।




प्रकाशित :- २०८२ जेष्ठ २, गते शुक्रबार