कैलालीमा १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय टिकापुरले जानकी गाउँपालिका–७ टिक्लीगढकी १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको अभियोगमा सोही स्थानका २१ वर्षीय अमन चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० योगेन्द्र तिमिल्सिनाले चौधरीले घर नजिकै खेतमा राखिएको परालको थुप्रोमा लगेर किशोरीमाथि बलात्कार गरेको जाहेरीपछि उनलाई पक्राउ गरिएको हो । इप्रका टीकापुरमा पीडितकी आमाले जाहेरी दिएकी थिइन् ।
जाहेरीपछि प्रहरी निरीक्षक निरक रावलको कमाण्डमा खटिएको टोलीले चौधरीलाई उनकै घरबाट पक्राउ गरेको डीएसपी तिमिल्सिनाले बताए ।
प्रहरीका अनुसार घटना १२ चैतको साँझ करिब ७ बजेतिर भएको थियो । चौधरीलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


