यस वर्षको माध्यमिक शिक्षा परीक्षा -एसईई) मा सुदूरपश्चिम प्रदेशबाट करिब ५४ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।
शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशका नौवटै जिल्लाबाट कुल ५३ हजार ९७३ परीक्षार्थी परीक्षा दिने तयारीमा छन्। एसईई परीक्षा चैत १९ गतेदेखि सुरु हुँदैछ ।
निर्देशनालयका सूचना अधिकारी प्रेमलाल हरिजनका अनुसार नियमिततर्फ ४० हजार ९७३, प्राविधिक धारतर्फ १ हजार ७७८ र ग्रेड वृद्धितर्फ ११ हजार ४८५ परीक्षार्थी सहभागी हुनेछन् ।
जिल्लागत रूपमा हेर्दा सबैभन्दा धेरै कैलालीबाट १८ हजार २७८ विद्यार्थी परीक्षा दिँदै छन्। त्यसपछि कञ्चनपुरका १० हजार ८९७, बैतडीका ४ हजार ५२९, अछामका ४ हजार ४५१ परीक्षार्थी सहभागी हुनेछन् ।
त्यस्तै, डोटीका ३ हजार ३१४, दार्चुलाका ३ हजार ५६८, बझाङका ३ हजार ४२१ विद्यार्थी परीक्षा दिनेछन् भने सबैभन्दा कम बाजुराबाट २ हजार ४२६ परीक्षार्थी सहभागी हुने निर्देशनालयले जनाएको छ ।
प्रदेशभर परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको निर्देशनालयले जनाएको छ ।


