
घोडाघोडीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।


नगरपालिकाको वडा नम्बर १० पहमानपुरमा सु.प.प्र ०१०११ प ४६४३ नम्बरको मोटरसाइकलले ठक्कर दिदा सोही ठाउँ बस्ने ५४ वर्षीय डम्मरा ओलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।


इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पालले मोटरसाइकलको ठक्करबाट गम्भरी घाइते ओलीको उपचारका क्रममा निसर्ग अस्पताल धनगढीमा मृत्युु भएको बताए ।


उनकाअनुसार मोटरसाइकल र चालक घोडाघोडी नगरपालिका १ का २५ वर्षीय हेमन्त सापकोटालाई नियन्त्रण लिइएको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
