ब्राजिलको सर्वोच्च अदालतले ट्विटरको रुपमा चिनिने सामाजिक सञ्जाल एक्सलाई ब्राजिलमा तत्कालै प्रतिबन्ध लगाउन आदेश दिएको छ ।

सर्वोच्च अदालतकाले ब्राजिलमा एक कानुनी प्रतिनिधिलाई पहिचान गर्नका लागि ट्विटरलाई दिएको समयसीमा सकिएपछि यस्तो फैसला गरेको जनाएको छ । सोही विषयलाई लिएर सर्वोच्च अदालतका न्यायाधिश अलेक्जेन्डर डे मोरेस र ट्विटरका मालिक एलन मस्कबीच केही समययता विवाद हुँदै आएको थियो ।
उक्त विवादका बीच एलन मस्कले सुरक्षा खतरा रहेको भन्दै ब्राजिलस्थित ट्विटरको कार्यालय नै बन्द गरेका थिए । मस्कले गत साता मात्रै न्यायाधिश एलेक्जेन्डरले आफ्नो कम्पनीमाथि धम्की दिएको भन्दै आएका थिए । न्यायाधिश डे मोरेसले नै पछिल्लो पटक एक्सलाई पूर्ण र तत्काल निलम्बन गर्न आदेश दिएका हुन् ।

जवकि एक्सले अदालतको आदेश पालना नगरेको न्यायाधिश मोरेसको भनाइ छ। यस्तै अदालतका सबै आदेश पालना नगरेसम्म नखोल्न पनि आदेशमा भनिएको छ । जवकि अदालतको आदेशमा ३ अर्ब २८ करोड डलरको जरिवाना पनि तोकिएको छ। न्यायाधिश मोरेसले एक्सलाई निलम्बन आदेश कार्यान्वयन गर्न २४ घण्टाको अल्टिमेटम समेत दिएका छन् ।

