कैलालीमा जग्गा सम्बन्धी विवादमा फरुवा प्रहार हुँदा एक जना घाइते भएका छन्।
जिल्लाको घोडाघोडी नगरपालिका १२ शान्तिनगर टोलमा बुधवार जग्गा सम्बन्धी विवाद हुँदा एक युवकले फरुवा प्रहार गरेका हुन् । जग्गा सिमाना सम्बन्धी विवाद हुँदा बुधवार दिउँसो सोही ठाउँका २१ वर्षीय कपिल जाग्रीले छिमेकी ३६ वर्षका रमेश परिवारलाई फरुवा प्रहार गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घ साउँदले जानकारी दिए ।
जाग्रीको फरुवा प्रहारबाट परियारको नाकमा चोट लागेको प्रहरी निरीक्षक साउँदले बताए।
घाइते परियारको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ भने फरुवा प्रहार गर्ने जाग्रीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित :- २०८१ जेष्ठ १६, गते बुधबार