सुखड।पछिल्लो समय सुदूरपश्चिममा भ्रष्टाचारको जालो तीब्र रुपमा मौलाउँदै गइरहेको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा बसेर पदीय दुरुपयोग गर्दै तीब्र रूपमा भ्रष्टाचार गर्ने प्रवृत्ति निकै मौलाउँदै गइरहेको छ ।
यस्तै प्रवृत्तिबाट सुदूरपश्चिम प्रदेश समेत अछुत रहन सकेन । सार्वजनिक पदमा बसेर आर्थिक अनियमितता गर्ने कर्मचारी एवम् पदाधिकारीको सङ्ख्या सुदूरपश्चिममा पनि दैनिक रुपमा बढ्न थालेको छ । यसरी पदीय दुरुपयोग गर्ने कर्मचारी र पदाधिकारी विरुद्ध धमाधम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता हुने क्रम तिव्र रुपमा बढेको छ।
सुदूरमा चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ६ सय ३२ मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा दर्ता भइसकेका छन्। कर्मचारी र पदाधिकारीले पदको दुरुपयोग गरेर अनुचित लाभ लिन खोजेको भन्दै उनीहरु विरुद्ध अख्तियारमा धमाधम उजुरी दर्ता भइरहेका हुन।
गत वर्ष पनि यसै गरी उजुरी दर्ता भएका अख्तियारले जनाएको छ । सार्वजनिक पदधारण गरेका व्यक्तिबाटै अनियमितता हुने गरेपछि सम्बन्धित स्थानीय उनीहरु विरुद्ध कारबाहीको माग गर्दै उजुरी दिन थालेका हुन् ।
चालु आर्थिक वर्षको साउन महिनामा मात्र १ सय ७३ उजुरी कर्मचारी, जनप्रतिनिधि र विभिन्न सङ्घसंस्थाको नाममा अख्तियारमा दर्ता भएका थिए। भदौ महिनामा ८५, असोज महिनामा ८२, कात्तिक महिनामा ४१ र मंसिर महिनामा बढेर ९१ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा दर्ता भएका छन्।
हरेक महिना कर्मचारी र पदाधिकारी विरुद्ध उजुरी पर्ने क्रम बढ्दो रहेको अख्तियारले बताएको हो । पौष महिनामा ५१ र माघ महिनामा बढेर उजुरीको संख्या ७१ पुगेका थिए । साथै फागुन महिना सुरु भएको १२ दिनको अवधिमा थप ३९ वटा उजुरी दर्ता भएका समेत अख्तियारको कार्यालय कञ्चनपुरले जनाएको छ । अख्तियारमा यसरी उजुरी दर्ता नभएको कुनै दिन बाँकी छैन्।