कैलालीको धनगढीमा शिक्षा विकास तथा समन्वय इकाई कार्यालयको प्राङ्गणमै शिक्षकहरूले प्रस्तावित शिक्षा विधेयक जलाएका छन् । विधेयक शिक्षकको हकहित भन्दा पनि शैक्षिक माफियाको पक्षमा भएको भन्दै शुक्रवार शिक्षकहरूले विधेयक जलाएका हुन् । उनीहरूले विरोध प्रदर्शन समेत गरेका छन् ।
विधेयक शिक्षक, कर्मचारीको हित विपरीत रहेको र यो साङ्केतिक आन्दोलन मात्रै भएको नेपाल राहत शिक्षक समिति कैलालीका अध्यक्ष सागर जोशीले बताए । असोज ३ गतेबाट थप आन्दोलन चर्काउने उनले चेतावनी समेत दिए ।
यस्तै बाल विकास, विद्यालय कर्मचारी, राहत, अनुदान साबिक उच्च मावि स्थायी सबै शिक्षक विधेयक खारेजीका लागि सडक आन्दोलनको विकल्प नभएको नेपाल राहत शिक्षक केन्द्रीय कमिटी सचिव कृष्णराज ओझाको भनाइ छ ।