
कैलाली: कैलालीबाट अछाम जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०११ प ५२१९ काे मोटरसाइकल दुघर्टना हुँदा श्रीमानको मृत्यु भएको छ भने, श्रीमती घाइते भएकी छन् ।

आज डोरीको बुडरमा ट्याङ्करले मोटरसाईकललाई ठक्कर दिँदा सवार दम्पत्ति दुर्घटनामा परेका हुन् । ३६ वर्षीय रमेश विकको मृत्यु भएको भएको छ भने, उनकी श्रीमती लक्ष्मी विक घाइते भएकी प्रहरीले जनाएको छ ।
अछामको मंगलसैन नगरपालिका वडा नम्बर ३ बिसाकोट घर भएका उनीहरूलाई कैलालीबाट घर जाँदै थिए ।
भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४–००१ ख ००१२ नम्बरको तेल बोक्ने खालि ट्याङ्करले रमेश दम्पती सवार सुदूरपश्चिम प्रदेश ०१–०११ प ५२१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले बताएको छ ।
दुर्घटनामा घाइते भएका दुवै श्रीमान् श्रीमतीलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएकोमा उपचारमा क्रममा रमेशको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा घाइते लक्ष्मीको माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ ।
