
सुखड : कैलालीको घोडाघोडी नगरपालिकाले सामुदायिक विद्यालयहरूमा प्रधानाध्यापकहरूको नियुक्तिका लागि आवेदन खुला गरेको छ ।


नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूमा हालसम्म निमित्त प्र.अ को रुपमा कामकाज गर्ने गरी जिम्मेवारी तोकिएको थियो । तर नगरपालिकाले प्रअ को नियुक्ति खुला तवरबाट गर्ने नियम लागू गरेको छ । अव नगरपालिकाले नगर शिक्षा ऐन २०७७ तथा नगर शिक्षा नियमावली २०८० को परिच्छेद ९, नियम ५० को उपनियम ३ बमोजिम प्रअहरुको खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने भएको छ ।
जस अनुसार नगर शिक्षा समितिको यही साउन २ गते बसेको बैठकले प्रअको नियुक्ति गर्ने निर्णय गरेसँगै नगरपालिकाले आज सूचना सार्वजनिक गरेर आवेदन खुला गरेको जानकारी गराएको छ ।

अव सामुदायिक विद्यालयको प्रधानाध्यपक बन्नका लागि नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत इच्छुक शिक्षकहरूले यही साउन १७ गते भित्र नगरपालिकामा आवश्यक कागजात पेश गर्नुपर्ने छ ।



