कैलालीको मोहन्याल गाउँपालिकामा ३ दिने खाद्य अधिकार तथा खाद्य प्रणाली रणनीतिक योजना तर्जुमा गोष्ठी सुरु भएको छ । गाउँपालिकाको कार्यालय खिमडिमा हिजो बाट गोष्टि सुरु भएको हो । मोहन्याल गाउँपालिका, भुमी ब्यावस्था कृषि तथा सहकारी मन्त्रालय सुदुरपशिम प्रदेश र राष्ट्रिय योजना आयोगको आयोजना तथा बिश्व खाद्य कार्यक्रम(ध्ँए) र ँब्इ को प्राबिधिक सहयोगमा गोष्टि भईरहेको छ ।
खाद्य सुरक्षा,खाद्य सम्प्रभुता कायम गर्ने उदेश्यका साथ गोष्टिका लागि ७ वटा प्रदेशका ७ स्थानीय तह छनौट गरिएको थियो । जस्मा सुदुरपशिम प्रदेश अन्तर्गत मोहन्याल गाउँपालिका छनौट भएको थियो । गाउँपालिकाको खाद्य अधिकार तथा खाद्य प्राणालीको पञ्चबर्षिय रणनीतिक योजना निर्माण गर्ने कार्यक्रमको लक्ष्य रहेको छ । बालबालिकामा देखिएको कुपोषण देखि ख्याउटे तथा तौल कम हुने समस्यालाई समेत समाधान गर्न कार्यक्रमको उदेश्य छ ।
मोहोन्याल गाउँपालिका अध्यक्ष देबिदत्त उपाध्यायको अध्यक्षतामा उद्घाटन गरिएको गोष्टिमा सुदुरपश्चिम सरकार भुमी ब्याबस्था कृषि तथा सहकारि मन्त्रालय अन्तर्गत खाद्य प्रबर्द्धन महाशाखा प्रमुख हरि प्रसाद पनेरु , सुदुरपशिम सरकार भुमी ब्याबस्था कृषि तथा सहकारी मन्त्रीका निजि सचिब बिक्रम चौधरी, बिश्व खाद्य कार्यक्रमका रबिन्द्र चन्द, राष्ट्रिय योजना आयोगका महेश खरेलको उपस्थिति रहेको छ । कार्यक्रमको उदेश्य माथी प्रकाश पार्दै गाउँपालिकामा आएका सहभागीहरु लाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भेषराज चन्द ज्युले स्वागत गरेका थिए भने कार्यक्रमको उद्घघाटन सत्रको संचालन रोजगार संयोजक एकेन्द्र भण्डारीले गरेका थिए।