मङ्गलवार सुदूरपश्चिममा गएको भूकम्पमा परि १३ जना घाइते भएका छन् । बझाङलाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पबाट जिल्लाका विभिन्न पालिकामा गरी १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले जानकारी दिए ।
प्रहरीका अनुसार उनीहरू सबैको अवस्था सामान्य छ ।भने विभिन्न स्थानीय स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको छ । भूकम्पबाट मङ्गलवार जिल्लामा २० बढी घर संरचना भत्किएका छन् । बझाङलाई केन्द्रबिन्दु बनाएर मङ्गलवार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर, ३ बजेर ४५ मिनेट र ४ बजेर २८ मिनेटमा ४.१ रेक्टर स्केलका तथा ४ बजेर ३१ मिनेटमा ४.३ रेक्टर स्केलको र बेलुकी ५ बजेर १९ मिनेटमा ५ रेक्टरको भूकम्प गएको छ ।



प्रकाशित :- २०८० आश्विन १६, गते मंगलवार

