
सुखड : कैलालीको घोडाघोडी-१, मा रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) विरेन्द्र विर विश्वकर्माको सरुवा भएपछि उक्त कार्यक्रममा नयाँ डिएसपीको रूपमा दीपेन्द्र पाल आएका छन् ।

उक्त कार्यालयमा रहेका डिएसपी विश्वकर्माको आज एक कार्यक्रमका बीच विदाई गरिएको छ । पाल हाजिर हुन थालेपछि आजबाट विश्वकर्मा उक्त कार्यलयबाट बिदा भएका हुन् ।
प्रहरी महानिरीक्षकको गत बुधबारको निर्णयानुसार देश भए १४१ डिएसपीको सरुवा भएको थियो । उक्त संख्यामा डिएसपी विश्वकर्माको पनि परेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको छ ।
