
आफुलाई नेपाल प्रहरीको डिएसपी बताउने एक जना नक्कली डिएसपी पोखराबाट पक्राउ परेका छन् ।


पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोकस्थित रहेको ढावा रेष्टुरेन्ट एण्ड बारबाट आइतबार राति करिब १० बजेको समयमा नक्कली डिएसपी पक्राउ पक्राउ परेका हुन् ।
पक्राउ परेका अभियुक्त बाग्लुङ नगरपालिका वडा नं. ४ कुडुलेफेदी घर भएका वर्ष ३२ को चन्द्रकान्त पौडेल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

अभियुक्त पौडेलले रेष्टुरेन्ट एण्ड बारमा अर्डर गरी आफूले मागे अनुसारको खानेकुराहरु खाए पश्चात म प्रहरीको डिएसपी हुँ भन्दै धाकधम्की दिएको प्रहरीको आरोप छ ।

हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतामा रहेका पौडेलविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


