
कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको बौनिया बजार व्यवस्थापन समितिको निर्वाचन हुने भएको छ । लामो संवादका बिच पनि उम्मेदवारहरू बिच सहमति नहुँदा भदौ १६ गते निर्वाचनबाट नेतृत्व चयन हुने भएको हो ।

समितिको अध्यक्षका लागि देवराज स्वार र धिरज शाही आमनेसामने हुँदै छन् । उनीहरूले सोमबार उम्मेदवारी दर्ता गराएका हुन । स्वार यस अघि समितिको उपाध्यक्ष थिए भने शाही महासचिव थिए । यस्तै बस्तुगत उपाध्यक्षका लागि प्रकाश नाथ, देव कुमार चौधरी र केशव शाहीले प्रतिस्पर्धा गर्ने भएका छन् । उपाध्यक्ष वाणिज्य तर्फ भने टेकराज जोशी निर्विरोध चयन भएका छन् । यस्तै समितिको महासचिवमा राजेश गौतम र कोषाध्यक्षमा चम्फा देवी बोहरा पनि निर्विरोध चयन भएका छन् ।
यता समितिको सचिव पदका लागि दीपक गौतम र भेषराज जोशी प्रतिस्पर्धामा हुनेछन् । ९ सदस्य पदका लागि १० जनाको उम्मेदवारी परेको छ । सुशीला देवी खत्री, दान बहादुर बम, धर्मराज जोशी, रुपेश कुमार कठरिया, दिर्घराज जैसी, दीपक कुमार बुढा, बसन्ती कर्मी, चन्द्रकला सुनार, मदनराज ढुङ्गाना र दमन चन्द सोडारी गरि १० जनाको उम्मेदवारी परेको हो । बजार व्यवस्थापन समितिको निर्वाचनका लागि १ हजार २ सय ५९ मतदाता छन् । आपसी सहमति नभई निर्वाचन घोषणा भए अनि दुई टिमको छुट्टै प्यानल भने बनाइएको छैन ।
