बझाङ: शनिबार भएको उपचुनावमा बझाङ प्रदेश सभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै विजयी हासिल गरेका हुन् । आफ्ना प्रतिद्वन्द्वीलाई २ सय ६६ मतले पछि पार्दै भण्डारी विजयी भएका हुन्।
एमालेका भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गरेका छन् भने कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरेका छन्। यस्तै, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ९ सय ६७ मत प्राप्त गरेका छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत प्राप्त गरेका छन्।