
जन्मदिनमा गरिने फजुल खर्चलाई न्यूनीकरण गर्दै सामाजिक क्षेत्रमा खर्चिने सकारात्मक कार्यको आत्म साथ गर्दै कैलालीको महोन्याल गाउँपालिका–३ की रेखा बुढा थापाले आफ्नो जन्मदिनको अवसरमा गाउँका ज्येष्ठ नागरिकलाई खाद्यान्न र फलफूल वितरण गरेकी छन् ।


एकीकृत विकाश फाउण्डेसनकी अध्यक्ष समेत रहेकी युवा समाजसेवी थापाले आफ्नो जन्मदिनको अवसरमा करिब ४५ जना जेष्ठनागरिकलाई खाद्यान्न तथा फलफूल वितरण गरेकी हुन ।

महोन्यालमा विभिन्न सामाजिक कार्य गर्दै आएकी थापाले यस पटक आफ्नो जन्मदिनको अवसरमा आफ्नै गाउँका विपन्न परिवारलाई खाद्यान्न तथा बृद्धबृद्धाहरुलाई फलफूल वितरण गरेकी हुन ।

थापाले आफ्ना ससुरा बुवा नर बहादुर थापाको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गर्दै फलेविसौनाका विभिन्न तहमा रहेका व्याक्तीहरुको उपस्थितमा खाद्यान्न तथा फलफूल वितरण गरेकी हुन् ।

रेखाले सधैँ गाउँमा विकाश निर्माण लगायत सामाजिक काम गर्दै आएकी बताउँदै जन्मदिनमा समेत आफ्नो खर्चमा खाद्यान्न र फलफूल वितरण गरेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।

सामाजिक कार्य गर्दा आफुलाई खुसी लाग्ने बताउँदै थापाले होटेलमा रमाइलो गर्नु भन्दा भन्दा फरक तरीकाले अरुलाई सहयोग गरेर जन्मदिन मनाउँदा निकै खुसी लागेको बताइन ।
