सुखड: नेपाल क्रिकेट संघ (क्यान)ले वेस्ट इन्डिज ए सँग खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । क्यानले आईसीसी टी २० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए टोलीलाई सिरिज खेल्न निम्तो दिएको थियो ।
सोही निम्तोलाई स्वीकार्दै टोली बुधबार नेपाल आइपुगेकाे हो । उक्त सिरिज खेल्नका लागि क्यानले १६ सदस्यीय टोली घोषणा गरेको छ ।
एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा व्याट्सम्यान आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा भने वैकल्पिक खेलाडीको भूमिकामा थिए ।
वेस्ट इन्डिजबाट सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका १२ खेलाडी समेट्दै १५ सदस्यीय टोली नेपाल आइसकेको छ । ५ खेलको टी सिरिज वैशाख १५ गते शनिबारदेखि सुरु हुँदैछ ।
नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते , चौथो खेल वैशाख २० गते र पाँचौ तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।
नेपाली टोली :
रोहित कुमार पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहोरा, विवेक यादव, आकाश चन्द
वेस्ट इन्डिज ‘ए’ टोली :
रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडन वाल्स ।