
कैलालीको सुखड स्थित घोडाघोडी बहुमुखी क्याम्पसमा भएको स्ववियू निर्वाचनको मत गणना अनुसार अनेरास्ववियुले निरन्तर मतान्तर बढाइरहेको छ ।


पछिल्लो मत परिणामअनुसार ८ सय २४ मत गणना हुँदा सभापतिका उम्मेदवार अनेरास्ववियुका अशोक गौतमले ५ सय १० मत ल्याएका छन् ।
त्यस्तै, अखिल क्रान्तिकारीका गणेश भण्डारीले २ सय ९८ मत ल्याएका छन् ।

सचिवमा गौतम कै प्यानलबाट नेविसंघका प्रविन सिंहले ४ सय २६ मत ल्याउँदा भण्डारी प्यानलबाट अनेरास्ववियूका भुवनराज जैसी (अल्टर)ले ३ सय ३८ मत प्राप्त गरेका छन्

कोषाध्यक्षमा पनि अनेरास्ववियुका संजिव कुमार चौधरी ( पारा कमाण्डो)ले ४ सय ३१ मतसहित अग्रस्थानमा छन भने अखिल क्रान्तिकारीका यलिशा कुमारी कुवरले २ सय ९० मत ल्याएकी छन् ।
यहाँ अनेरास्ववियु र नेविसंघ तथा अखिल क्रान्तिकारी र अनेरास्ववियूको गठबन्धन रहेको छ ।


