सुदूरपश्चिम प्रदेश सभा सचिवालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । सचिवालयको भवन मर्मतमा व्यापक अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरेको हो ।
साबिकमा जिल्ला विकास समितिको कार्यालय रहेको हालको प्रदेश सभा सचिवालय भवनलाई केही समय अघि मर्मत तथा रङ रोगन गरिएको थियो । सो काममा जथाभाबी खर्च गरी आर्थिक अनियमितता गरेको दाबी सहित अख्तियारको महेन्द्रनगर कार्यालयमा उजुरी परेको थियो ।
उक्त कार्यसँग सम्बन्धित सबै कागजात यस अघि नै नियन्त्रणमा लिएको बताउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी वसन्त शाहीले उजुरी माथि छानबिन भइरहेको र स्थलगत प्राविधिक नाप जाँच समेत भएको जानकारी दिएका छन् ।