धनगढी : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको कारबाहीमा परेकी सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरीको सर्वोच्च अदालतले पुर्नबहली गरिएको छ ।

उन्मुक्तिकी समानुपातिक सांसद गिरीलाई सर्वोच्च अदालतले पुर्नबहाली गरेको हो। उनलाई पदबाट नहटाउनु भनेर स्टे अडर जारी भएको छ।
पार्टीको निर्णय विपरीत प्रदेश सरकारमा किन गएको भनेर स्पष्टीकरण सोध्दा पनि जवाफ नआएपछि गिरीलाई अध्यक्ष श्रेष्ठले प्रदेश सभा सदस्यबाट हटाएको पत्र पठाइकी थिइन।
गिरीले सुदूरपश्चिमका सभामुख भीम भण्डारीसहितलाई विपक्ष बनाएर सर्वोच्चमा मुद्दा दर्ता गरेकी थिइन। गिरीले सर्वोच्च अदालतले न्याय दिइएको बताएकी छन्। रेशम चौधरी पक्षले गिरीलाई कमलबहादुर शाह सरकारमा राज्य मन्त्री पठाएको थियो। दलकाे नेताले कारबाही नगरेकाले उनकाे पद रहेकाे हाे।
लगत्तै रञ्जिताले सरकारबाट तत्काल फिर्ता आउन संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी थिइन्। तर, कसैले पनि अध्यक्ष रञ्जिताले दिएको निर्देशन मानेनन्। रञ्जिता पक्ष मानिएका कैलाश चौधरीलाई हटाएर रेशम पक्षले गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा पठाएका थिए।
श्रेष्ठले सरकारमा सहभागी अन्य प्रदेश सभा सदस्यहरूलाई भने कारबाही गरेकी छैनन्। नागरिक उन्मुक्तिका ७ प्रदेश सभा सदस्यमध्ये गिरी र टीका थापा समानुपातिक हुन्।



