धनगढी : कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाबाट एक लाख ४१ हजार भारतीय रुपैँया सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार बुधवार उनीहरू पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नं. ४ बसपार्कका ३५ वर्षीय पवन गुप्ता र ३२ वर्षीय अंकित गुप्ता रहेका छन् । उनीहरूलाई प्रहरीले त्रिनगरबाट स्रोत नखुलेको भारतीय नगद रकमसहित पक्राउ गरेको जनाइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको टोलीले उनीहरूलाई सुदूरपश्चिम प्रदेश ०१००८ प १६६० नम्बरको मोटरसाइकल र भारतीय रकमसहित पक्राउ गरेको हो । उनीहरूको स्रोत नखुलेको रकमको विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछ ।