कैलालीको लम्किचुहामा निर्माण भएको कोल्ड च्याम्बर हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरेको च्याम्बरलाई मङ्गलवार एक कार्यक्रममा बिच नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
सो च्याम्बर प्रदेश सरकारको ५४ लाख ७५ हजारको लागत र नगरपालिकाको जग्गा व्यवस्थापनमा पालिकाको वडा नम्बर ४ मा गत साउनमा निर्माण सम्पन्न भएको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका कृषि मन्त्री रामेश्वर चौधरी, लम्किचुहा नगरपालिकाकी मेयर सुशीला शाही, उप-मेयर जुना चौधरी, कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशी, कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र अवस्थी लगायतको सहभागिता रहेको थियो । च्याम्बरलाई कार्यविधि बनाएर संचालन गर्ने नगरपालिकाको योजना छ ।



प्रकाशित :- २०८० कार्तिक १, गते बुधबार

