राजावादीहरुको सक्रियता बढेपछि माओवादीको हुलाकी राजमार्ग केन्द्रित तराई÷मधेश जागरण अभियान स्थगित भएको छ ।

झापाको कचनकबलबाट फागुन १२ देखि शुरू भएको जागरण अभियान रौतहटबाट बाराको सिम्रौनगढ नगरपालिका प्रवेश गर्ने कार्यक्रम थियो । तर सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध गतिविधि गरेर अराजकता मच्चाउन खोजेको देखिएपछि त्यसको प्रतिवाद गर्न अभियान स्थगित गरेको माओवादीका नेताहरुले बताएका छन् ।


प्रकाशित :- २०८१ फाल्गुन २५, गते आईतवार

