कैलालीको घोडाघोडी नगरपालिका–२ साढेपानीमा केन्द्रीय कार्यालय रहेको चुलीमालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं चुनावी वार्षिक साधारण सभा कात्तिक २९ गते भव्य रूपमा सम्पन्न भएको छ। सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ।
सभाबाट अदल सिंह बिष्टको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ। नव–निर्वाचित कार्यसमितिमा उपाध्यक्ष नगेन्द्र बहादुर रावल, सचिव महेन्द्र बिष्ट, कोषाध्यक्ष देवराज मल्ल रहेका छन्। सदस्यहरूमा मिना कुमारी नेपाली, जनक बहादुर बम, मानबहादुर बिष्ट, रामबहादुर बम तथा दिपा बिष्ट चयन भएका छन्।
त्यसैगरी लेखा समिति संयोजकमा खगेन्द्र बहादुर चन्द र सदस्यहरूमा धर्मराज उपाध्याय र धनबहादुर भण्डारा चयन भएका छन्।
साधारण सभाको सभापति निवर्तमान अध्यक्ष रन बहादुर भणडारा रहेका थिए। कार्यक्रमका प्रमुख अतिथि सोही सहकारीका संस्थापक अध्यक्ष जयराम भण्डारा, विशिष्ट अतिथि घोडाघोडी नगरपालिका वडा नम्बर २ का निवर्तमान वडा अध्यक्ष हरिराज बिष्ट तथा घोडाघोडी नगरपालिकाका सहकारी शाखा प्रमुख हेमाकान्त सुबेदी रहेका थिए ।
कार्यक्रममा सहकारीका व्यवस्थापक बिष्णुप्रसाद उपाध्यायले कोषाध्यक्षको तर्फबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनअनुसार सहकारीले चालू आर्थिक वर्ष ०८१/०८२ मा कुल कारोबार रकम रू १३७,१९६,५२०.२९ गरेको छ। सोही वर्षमा आय तर्फ रू १,३३,००,०९०.९८ र खर्च तर्फ रू १,१७,४२,२३५.५५ रहेको उल्लेख गर्दै संस्थाले यस वर्ष रू १५,५७,८५५.४३ नाफा आर्जन गरेको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै व्यवस्थापक उपाध्यायले जानकारी दिए ।
कार्यक्रममा शेयर सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो। साथै उत्कृष्ट कारोबार र सक्रिय सहभागिताका लागि सहकारीले आफ्ना शेयर सदस्यहरूलाई सम्मानसमेत गरेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका निवर्तमान सचिव तुलाराम आचार्यले गरेका थिए। 
सानेपानीमा स्थापना भएको सहकारीले घोडाघोडी नगरपालिकाको वडा नम्बर ७ हरिनगरबाट समेत सेवा प्रदान गरिरहेको छ।





