कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुल ले नयाँ शैक्षिक सत्रको पूर्वसन्ध्यामा शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि सप्ताहव्यापी प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। सरकारले वैशाख १५ गतेदेखि शैक्षिक सत्र सुरु गर्ने र २१ गतेदेखि नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै बीचको समयलाई विद्यालयले सदुपयोग गरेको हो। 
विद्यालयका प्रिन्सिपल युवराज बम का अनुसार, कक्षा सञ्चालन अघि शिक्षकहरूलाई समयसापेक्ष ज्ञान र सीपले सुसज्जित बनाउने उद्देश्यले विभिन्न तालिम, प्रशिक्षण तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको छ। “यो समय शिक्षकहरूका लागि सिकाइ र तयारीको अवसरका रूपमा लिएका छौं, जसले विद्यार्थीलाई अझ गुणस्तरीय शिक्षा दिन सहयोग पुग्नेछ,” उनले बताए।
प्रशिक्षण कार्यक्रममा अनुभवी प्रशिक्षक हिरा के.सी. ले सहजीकरण गरिरहेका छन्। उनले आधुनिक शिक्षण पद्धति, विद्यार्थी केन्द्रित सिकाइ, कक्षाकोठा व्यवस्थापन, मूल्याङ्कन प्रणाली तथा प्रविधिको उपयोग जस्ता विषयमा व्यवहारिक र अन्तरक्रियात्मक ढंगले प्रशिक्षण प्रदान गरिरहेका छन्। 
विद्यालयले यस अवधिमा शिक्षकहरूलाई केवल सैद्धान्तिक मात्र नभई व्यवहारिक ज्ञानमा समेत केन्द्रित गर्दै विद्यार्थीमैत्री शिक्षण वातावरण निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ। साथै, शिक्षकहरूबीच अनुभव आदान–प्रदान, सहकार्य र नवीन सोचको विकास हुने अपेक्षा गरिएको छ।
विद्यालय परिवारले प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै आगामी दिनमा विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा सकारात्मक योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुल ले नयाँ शैक्षिक सत्रको पूर्वसन्ध्यामा शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि सप्ताहव्यापी प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। सरकारले वैशाख १५ गतेदेखि शैक्षिक सत्र सुरु गर्ने र २१ गतेदेखि नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै बीचको समयलाई विद्यालयले सदुपयोग गरेको हो। 
विद्यालयका प्रिन्सिपल युवराज बम का अनुसार, कक्षा सञ्चालन अघि शिक्षकहरूलाई समयसापेक्ष ज्ञान र सीपले सुसज्जित बनाउने उद्देश्यले विभिन्न तालिम, प्रशिक्षण तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको छ। “यो समय शिक्षकहरूका लागि सिकाइ र तयारीको अवसरका रूपमा लिएका छौं, जसले विद्यार्थीलाई अझ गुणस्तरीय शिक्षा दिन सहयोग पुग्नेछ,” उनले बताए।
प्रशिक्षण कार्यक्रममा अनुभवी प्रशिक्षक हिरा के.सी. ले सहजीकरण गरिरहेका छन्। उनले आधुनिक शिक्षण पद्धति, विद्यार्थी केन्द्रित सिकाइ, कक्षाकोठा व्यवस्थापन, मूल्याङ्कन प्रणाली तथा प्रविधिको उपयोग जस्ता विषयमा व्यवहारिक र अन्तरक्रियात्मक ढंगले प्रशिक्षण प्रदान गरिरहेका छन्।
विद्यालयले यस अवधिमा शिक्षकहरूलाई सैद्धान्तिक मात्र नभई व्यवहारिक ज्ञानमा समेत केन्द्रित गर्दै विद्यार्थीमैत्री शिक्षण वातावरण निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ। साथै, शिक्षकहरूबीच अनुभव आदान–प्रदान, सहकार्य र नवीन सोचको विकास हुने अपेक्षा गरिएको छ।
विद्यालय परिवारले प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै आगामी दिनमा विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा सकारात्मक योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।