
डोटी : डोटी सेती नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर-१ तिखा कहरेकुडा बस्ने दुलै सिंह खड्काको १८ वर्षीया छाेरो महेश खड्का बासुधारा स्थित सेती नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
नदीमा नुहाउने क्रममा आज दिउसो करिब पौने एक बजेको समयमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव नदीबाट निकाएको र घटनास्थलमा पुरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित :- २०८० चैत्र १६, गते शुक्रबार