सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले डोटीमा रहेको योजनाहरूको कलर कोडको निरीक्षण गरेका छन् । प्रदेश सरकार मातहतका विकास निर्माणका आयोजनाको कोड सहित सूचना बोर्ड लगाउने निर्णय अनुसार प्रदेश सभा सदस्य चक्र मल्ल र शिव सिंह ओली सहितको टोलीले आइतबार डोटीमा रहेका योजना तथा कलर कोडको निरीक्षण गरेका हुन ।
देउवा प्रदेश सरकारका मन्त्री भएपछि पहिलो पटक आयोजनामा कलर कोड लागु गर्ने निर्णय गरेको थियो । जस अनुसार डोटीबाट खप्तड जाने सिलगढी–झिग्राना सडकमा सुरु गरिएको कलर कोडको निरीक्षण गरिएको हो । देशमा तीन तहका सरकारले आ-आफ्नै ढङ्गले विकासका काम गरिरहेको अवस्थामा स्थानीय, प्रदेश र सङ्घले बनाएका योजनाहरू चिन्न सहज बनाउने उद्देश्यले कलर कोड लागू गरिएको मन्त्री देउवाले बताए । जस अनुसार प्रदेश सरकारले आफ्ना योजनामा छुट्टै कलर कोड लागू गरेको छ । यो कामले प्रदेश सरकारका बारेमा जनताले बुझ्न र जान्न सहज हुने अपेक्षा गरिएको छ ।
प्रकाशित :- २०८० माघ १४, गते आईतवार