काठमाण्डौ: आइतबार सुन र चाँदीको मूल्य उच्च बिन्दूमा स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि छापावाल सुनको मूल्य १ लाख ३६ हजार ९ सय, तेजाबी सुनको मूल्य १ लाख ३६ हजार २ सय ५० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य १ हजार ८ सय ५५ रुपैयाँ तोकिएको छ । सो मूल्य गत शुक्रबारको मूल्य बराबरको हो ।
त्यस अघिको बिहीबार १ लाख ३८ हजार ७ सय रुपैयाँमा छापावाल सुन र १ हजार ८ सय ६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।


प्रकाशित :- २०८१ जेष्ठ १३, गते आईतवार

