कैलालीको सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको अतिक्रमित जग्गा खालि नगराउन जिल्ला अदालत कैलालीले स्टे अडर जारी गरेको छ। अदालतले अन्तिम फैसला नभएसम्म कुनैपनि संरचना नहटाउन स्टे अडर जारी गरेको हो। विद्यालयले आफ्नो नाममा दर्ता स्रेस्ता कायम भएको कित्ता नम्बर ९७ मा रहेको ८ कट्ठा जग्गा खाली गराउन अन्तिम पटकका लागि फागुन १४ गते ७ दिने सूचना जारी गरेको थियो। स्रोतका अनुसार अदालतले सोमबार नै विद्यालयका नाममा स्टे अडर जारी गरेको छ।
सोमबार अन्तिम म्याद सकिए सँगै मङ्गलवार बाट डोजर चलाउने विद्यालयको स्पिडमा अदालतले ब्रेक लगाइदिए पछि विद्यालय पछि हट्ने देखिएको छ।
विद्यालयले मङ्गलवार बाट अवैध संरचनामा डोजर चलाउने गरी प्रशासनलाई पत्र काटिसकेका थियौ तर अदालतको स्टे अडर आएको खबर हामीले पाएका छौ हाम्रो हातमा भने परिसकेको छैन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमालले भने। हामी फेरि नगरपालिकाका सँग एक चरण छलफल गर्छौ अदालतको स्टे अडरको बारे आधिकारिक के हो? बुझ्छौ यदि स्टे अडर हाम्रो हातमा पर्यो भने अन्तिम फैसला सम्म रोक्छौ हमालले निर्भीक पोष्टलाई भने