कैलालीको बर्दगोरिया गाउँपालिकाबाट सालकको खपेटा सहित २ जना पक्राउ परेका छन् । गाउँपालिकाको वडा नम्बर ६ मा बिहीबार गोप्य सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा ११ किलोग्राम १ सय ग्राम खपेटा सहित २ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
पक्राउ पर्नेमा भजनी नगरपालिका वडा नम्बर–८ बस्ने ३५ वर्षीय परशुराम चौधरी र जोशीपुर गाउँपालिका वडा नम्बर–४ बस्ने ३२ वर्षीय प्रेम चौधरी रहेका छन् । उनीहरूले सु.प.प्र. ०१–००८ प. ३५१२ नम्बरको मोटरसाइकलको बिचमा प्लाष्टिकको हरियो सेतो बोरामा खपेटा लुकाएर लगिरहेको अवस्थामा पक्राउ परेका हुन । उनीहरूलाई थप अनुसन्धानको लागी डिभिजन बन कार्यालय पहलमानपुर बुझाएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्मा जानकारी दिए ।
प्रकाशित :- २०८० माघ ४, गते बिहीबार