
कञ्चनपुर : कञ्चनपुरको भिमदत्तमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।


भीमदत्त नगरपालिका–४ हाइवे सिँचाइ कार्यालय नजिकै यूके ०३ ए ९०३४ नम्बरको मोटरसाइकल गाईसँग ठोक्किएर मंगलबार राति दुर्घटना भएको हो ।
दुर्घटनामा परि मोटरसाइकल चालक भारत चम्फावत मिनाबजारबस्ती बनबासाका ३० वर्षीय चाँद पुरैसिको मृत्यु भएको हो। उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।




प्रकाशित :- २०८१ श्रावण २, गते बुधबार