
घोडाघोडीमा एक घर र गोठमा आगलागी हुँदा १० लाख बढीको क्षति भएको छ । पालिकाको वडा नम्बर ९ रामशिखरझालाका सुके रावलको घर र गोठमा शनिवार राति आगलागी भएको हो ।


सुदूरपश्चिम प्रदेश प्रहरीले रावलको १० लाख ४६ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताएको छ । स्थानीय मनोज रोकायाको गोठमा पनि आगोले क्षति गरेको छ । उनको तीन लाख रुपैयाँको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ ।
प्रहरीले स्थानीय तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बताएको छ । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।



