
अछाममा एक बाबु आफ्नै नाबालिग छोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।
जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर १४ कालागाउँका ३५ वर्षीय बाबु आफ्नी १२ बर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन ।
छोरी बलात्कारको आरोपमा आरोपित बाबुलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिए ।
साउँदका अनुसार शनिवार दिउँसो करिब ५ बजेको समयमा नावालिकामाथी आफ्नै बाबुले घरभित्रै करणी गरेका थिए ।
नावालिग छोरीमाथि बलात्कार भएको आमाले थाहा पाएसँगै स्थानीय मार्फत घटनाबारे प्रहरीलाई खबर भएको थियो ।
घटनाबारे खबर पश्चात् शनिवार साँझै बाबुलाई नियन्त्रणमा लिइएको र म्याद थप गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।
बलात्कृत नाबालिगको शनिवार नै स्वास्थ्य परीक्षण गरिएको र प्रारम्भिक अनुसन्धान अनुसार उनीमाथि बलात्कार भएको देखिएको प्रहरीले जनाएको छ ।


प्रकाशित :- २०८० फाल्गुन २७, गते आईतवार