बैतडी : नेकपा एमालेको बैतडीे जिल्ला अधिवेशन आजदेख सुरु भएको छ । आगामी जिल्ला नेतृत्व चयनका लागि हुन गइरहेको अधिवेशनका लागि ६ सय ३१ प्रतिनिधि छनौट भएका जनाइएको छ ।
१ सय २६ जना आयोजक, ४ सय ४७ पालिका प्रतिनिधि र ५८ जना जनवर्गीय संगठनबाट प्रतिनिधि चयन भएका नेकपा एमाले बैतडीले जनाएको हो । उक्त अधिवेशनकै लागि नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र पार्टीका केन्द्रिय सदस्य एवं नेपाल सरकारका उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी बैतडी पुगिसका छन् ।
यस्तै एमाले नेता एवं सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, एमाले नेतृ एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकी ऐर बम, पूर्व प्रदेश पार्टी अध्यक्ष कर्ण थापा, बैतडी जिल्ला इन्चार्ज निरु देवि पाल समेत पाटन आइतवार नै पुगिसकेका बताइएको छ । आगामी नेतृत्वका चयनका लागि हुन गइरहेको अधिवेशनमा ५ जनाले आकांक्ष देखाएका जनााइएको छ ।
आकांक्षीमा नरेश विक, लोकेन्द्र भण्डारी, नरेन्द्र बिष्ट, गोविन्द गिरी र हजारी साउँदले रहेका छन् । अध्यक्षमा आकांक्षा धेरैले जनाए पनि सहमतीबाटै नेतृत्वको टुंगो लगाउने पक्षमा शीर्ष नेतृत्व देखिएको छ । पार्टीका केन्द्रिय सदस्य एवं मन्त्री भण्डारीले आइतवार आययोजना गरेको पत्रकार सम्मेलनमा सबैलाई समेटेर सहमतीको आधारमा जिल्लाको नेतृत्वको टुंगो लगाउने बताई सकेका छन् ।