कैलालीको घोडाघोडी नगरपालिकाले जाडो बिदा थपेको छ । शुक्रवार नगर प्रमुख खडक बहादुर रावतको अध्यक्षतामा बसेको बैठकले थप ४ दिन जाडो बिदा दिने निर्णय गरेको हो ।
अत्यधिक मात्रामा जाडो बढेपछि स साना बालबालिकाहरू विद्यालय जान असहज भएपछि यस अघि दिइएको २ दिन बिदामा थप ४ दिन बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत शिव सिंह भण्डारीले बताए ।
यस अघि नगरपालिकाले ४ र ५ गते जाडो बिदा दिने निर्णय गरेको थियो । अब घोडाघोडी नगरपालिका भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू माघ १० गतेसम्म बन्द हुने छन् । पछिल्लो समय बाक्लो मात्रामा लागेको हुस्सु र शितलहरले यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।