पैसा छ तर नगर यस्तो छ जहाँ खर्च गर्ने ठाउँ छैन। मन बहलाउने ठाउँ छैन। गर्मीमा बिहान बेलुका निक्ल्यो कङ्क्रिटको तातो बाहेक अरू छैन। रमाउने भनेको चिया पसल छ बस। नगरको सोन्दर्यता कयौँ हरियाली पार्क मा हुन्छ। माछा खेलिरहने दुबो र घासले घेरिएको कृत्रिम वा संरक्षण गरिएका तालमा हुन्छ जसको वरिपरि बस्दा बुढो उमेर नि जवान महसुस गर्छ। युवा इनर्जाइज हुन्छन्।
जीवन जियको जस्तो,फुलेको जस्तो लाग्छ नत्र छटपटाहट, बोरिङ्ग र नकारात्मकता। वाटर पार्क, डान्स क्लब ,बाटोको छेउछाउ रुखको छहारीमा बस्ने काठका बेन्चहरु आदि। सानो भय नि चिडियाखाना र म्युजियम त जरुरी छ। यसो भय तनाव कम झगडा नि कम गर्छन् मान्छे । कयौँ आत्महत्या र दुर्घटना नि कम हुन्थे । चिल्ड्रेन पार्क त जरुरी थियो बच्चाहरूलाई मोबाइल को लतबाट बचाउन । करिब सत्तरी वर्ष पार गरिसक्नु भयको वरिष्ठ नागरिक हरु बसेर कुरा गर्ने रमाउने ठाउँ नपाएर हिडिरहनु भयको देखिन्छ। अहिले धेरै देश सिनियर सिटिजनको लागि पार्क ,कम्प्युटर क्लास आदि सञ्चालन गरिएका छन् ताकी जीवनको उत्तरार्धमा जीवन निरस नहोस् भनेर। नजिकै नदी छन् जाऊ भने ती ढुङ्गाका बाधले कङ्क्रिटमा रूपान्तरण हुनलागि सके।
ती नदिलाई प्राकृतिक रुपमै बग्न दिएर प्राकृतिक बाध दुबो, बास , साना बिरुवा लगाउँदै गए नदी नि बच्ने थिए नदी सौन्दर्य तानी हेर्न पाइन्थ्यो र । सुनेथे लन्डन सहरमा मात्र तीन हजार पार्क छन्।एक पटक पन्जाबको चन्डिगड सहर गएको थिए। केही किलोमिटर को फरकमा ठुलो पार्क हरु छन्। जङ्गल मा सहर बसेजस्तै हजारौँ रुखहरू छन् बाटो वरिपरि। सुकुना लेक र रक गार्डेन त अदभूत छन्। धुवाँ सोस्नु सिस्टम नबनाएसम्म चुलो बनाउन पाइँदैन । यस्तै हाम्रो नगर/सहर बन्ने बनाउने आस थियो र छ।




