सरकारी सेवा सुविधा नलिने कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर-४ का वडा अध्यक्ष भरत बहादुर शाहीले इजरायलमा हमास आक्रमणबाट ज्यान गुमाएका नारायण न्यौपानेको परिवारलाई व्यक्तिगत २० हजार सहयोग गरेका छन् । मृतक न्यौपानेको काज किरियामा सहयोग पुर्याउने उद्देश्यले सहयोग गएको उनले बताए ।
जे नहुनु थियो भइहाल्यो । हामी सबै पिडामा छौ । यस्तो सानो सहयोगले हुने त के नै थियो र, तर पनि समस्यामा पर्दा एक अर्काको साथ र सहयोगले नै सहानुभूति थपिने हो । पाँच वर्ष सम्मको सेवा सुविधा व्यक्तिगत खर्च नगरी सामाजिक काममा लगाउने योजनामा छु । उनले भने ।
बिहीबार नै घोडाघोडी नगरपालिकाले पनि मृतक न्यौपानेको परिवारलाई चेक मार्फत नगद १ लाख १ हजार समेत सहयोग गरेको छ । स्थानीय सरकार पिडामा मलम थप्न आइरहेको भए पनि प्रदेश र सङ्घीय सरकारका प्रतिनिधिहरू आफ्नो अवस्था बुझ्न समेत नआएको मृतक न्यौपानेका आफन्तको दुखेसो छ ।
प्रकाशित :- २०८० कार्तिक १६, गते बिहीबार