घोडाघोडी नगरपालिका वडा नम्बर ३ भोजपुरस्थित भोजपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ कार्यसमिति चयन गरिएको छ। बुधबार सम्पन्न भेलाले गणेशबहादुर डंगौराको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
समितिको उपाध्यक्षमा वीरबहादुर बिक, सचिवमा अर्जुन बिक र कोषाध्यक्षमा लक्ष्मीदेवी पनाडी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा नवीन चौधरी, धनसिंह कार्की, खगु थारु, अमरबहादुर चौधरी र सीताकुमारी चौधरी रहेका छन्।
लामो समयपछि समितिले नयाँ नेतृत्व पाएको हो। करिब ४३० उपभोक्ता आबद्ध रहेको उक्त समितिबाट खानेपानी सेवा व्यवस्थापन र सरसफाइ सुधारमा नयाँ कार्यसमितिले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।


