
काठमाण्डौ : नेकपा एकीकृत समाजवादीको अध्यक्षमा पुनः माधवकुमार नेपाल र महासचिवमा पनि पुनः धनश्याम भुसाल नै सर्वसम्मत चयन भएका छन् ।


काठमाण्डौमा चलिरहेको महाधिवेशनको बन्दसत्रबाट अध्यक्षमा नेपाल र महासचिवमा भुसाललाई सर्वसम्मत चयन गर्दै दोहो¥याएको हो । यस्तै सम्मानित नेतामा झलनाथ खनाल पनि दोहोरिएका छन् ।
अन्य पदाधिकारीको टुङ्गो भोलि बिहानसम्ममो लाग्न सक्ने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशनबाट २१ जना पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र सदस्य महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गरिएको छ ।




