कञ्चनपुर : कञ्चनपुरका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कञ्चनपुरको फैसलाले २ महिना १५ दिन कैद सजाय तथा २ हजार जरीवाना ठहर भई फरार रहेका भीमदत्त नगरपालिका–१८ बस्ने २८ वर्षीय प्रकाश नाथलाई पक्राउ गरिएको हो ।
नाथलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनको घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिएका हुन ।
प्रकाशित :- २०८० फाल्गुन २८, गते सोमबार