कैलालीको बर्दगोरियामा रहेको जगदम्भिके भगवती माध्यमिक विद्यालयले आफ्ना पूर्व विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयको पहिलो वार्षिकोत्सवको अवसरमा बर्दगोरिया गाउँपालिकामा कार्यरत पूर्व विद्यार्थी विष्णु विष्टलाई सम्मान गरेको छ ।
उनले सोही विद्यालयमा अध्ययन गरी सरकारी सेवामा प्रवेश गर्दै विद्यालयको नाम रोसन गरेको भन्दै विद्यालयले सम्मान गरेको हो । उनी सहित पूर्व तथा संस्थापक प्रधानाध्यापकहरू, पूर्व अध्यक्षहरू, जग्गादाता तथा दानदाताहरू गरी १५ जनालाई विद्यालयले सम्मान गरेको छ । विद्यालय वि.सं. २०३४ सालमा स्थापना भएको भए पनि वार्षिकोत्सव भने विद्यालयले पहिलो पटक मनाएको हो ।




