चिसो बढेपछि बाँकेको नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालय तीन दिनका लागि बन्द गरिएका छन् । आजदेखि माघ ११ गतेसम्म विद्यालय बन्द रहने जानाइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीत कालीन बिदाबाट कट्टी हुने गरी बिदा दिइएको छ ।
शीत लहरले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको उनले स्पष्ट पारे । अभिभावकले पनि बिदाका निम्ति अनौपचारिक रुपमा विद्यालयका साथै पालिकामा अनुरोध गर्दै आएका थिए ।


प्रकाशित :- २०८१ माघ ९, गते बुधबार

