कैलालीमा एक बाबुले आफ्नै छोरीलाई करणीको प्रयास गरेको तथ्य खुलेको छ । २२ वर्षीय युवतीले आफ्नै बाबुले जबरजस्ती करणी गर्ने प्रयास गरेको भन्दै मङ्गलवार प्रहरीमा उजुरी दिएकी छन् ।
करणीको प्रयास गर्ने ५० वर्षीय बाबु पूर्व प्रहरी सहायक निरीक्षक रहेको समेत बुझिएको छ । उनले काठमाण्डौमा अध्ययनरत छोरी बिदामा धनगढी आएको मौका छोपी असोज १३ गते दिउँसो करणीको प्रयास गरेको श्रोतको दाबी छ । प्रहरीमा उजुरी परे पछि बाबु अहिले फरार छन् । उजुरी परेको आधारमा पीडित सँग थप कुरा बुझ्ने र आरोपीलाई खोज्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रकाशित :- २०८० आश्विन १६, गते मंगलवार