लम्की : कैलालीको लम्कीचुहाबाट बैंकिङ कसुरमा तीन लाख जरिबाना गरिएका फरार एक जना प्रतिवादी पक्राउ परेका छन् ।
मंगलबार विहान लम्की–चुहा नगरपालिका–१ का २० वर्षीय अमर गौतम पक्राउ परेका हुन् । जिल्ला अदालत कैलालीले उनलाई बैंकिङ् कसुर मुद्दामा तीन लाख जरिबाना तोकेको थियो ।
तर फरार भएका अमरलाई विहान ९ बजे इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले निजलाई लम्कीचुहा नगरपालिका-१ लम्की बजारबाट नियन्त्रणमा लिएर अदालतमा पेस गरिएको जनाएको छ ।
प्रकाशित :- २०८१ श्रावण ८, मंगलवार १२:५३


