काठमाण्डौ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेको छ । गएराति १२ बजे देखि नै लागू हुने गरी नेपाल आयल निगमले प्रतिलिटर ३ रुपैयाँले मूल्य बढाएको हो ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ ९६ पैसा र डिजेलमा प्रति लिटर ३रुपैयाँ ४६ पैसा बढेर आएको हुँदा भाउ बढेको हो ।
अब पेट्रोल प्रतिलिटर १ सय ७८, डिजल र मट्टीतेल प्रतिलिटर १ सय ६१ रुपैयाँ पुगेको छ । पहिलो वर्ग अन्तर्गतकाे चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँ ५० पैसा तोकिएको छ । यस्तै दोस्रो वर्ग अन्तर्गतकाे सुर्खेत र दाङका लागि १ सय ७७ रुपैयाँ कायम भएको छ । तेस्रो वर्ग अन्तर्गतकाे काठमाण्डौ, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य १ सय ७८ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।