
काठमाण्डौ : गएको बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल परिसरमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको शव परिवारले बुझ्न थालेका छन् ।


कम्पनीले बिमा र क्षतिपूर्ति रकम दिलाउन सक्दो सहयोग गर्ने आश्वासन दिएपछि परिवारजनले शव बुझ्न थालेका हुन् । ६ वटा शव परिवारले बुझिसकेको प्रहरीले जनाएको छ ।
बुधवार विस्तृत परीक्षण र मर्मत (सी–चेक) गर्न काठमाण्डौबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटनामा परेको थियो । दुर्घटनामा सौर्यकै प्राविधिक, कर्मचारीसमेत गरेर १८ जनाको मृत्यु भएको थियो ।

विमान दुर्घटनामा परेका क्याप्टेन मनीषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको थियो । शाक्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।



